नेपाली बिद्यार्थी समाज जापान “नेसाज” द्वारा ११ औ वक्त्तित्वकलामा टप १० मा पर्न सफल प्रतियोगीको नाम सार्वजनिक गरिएको छ । जुन को १५ देखि २५ गते सम्म ३५ प्रतियोगीको लिखित सकुबुन(निबन्ध ) अनलाइन मार्फत प्राप्त गरि उत्कृष्ट १० प्रतियोगी सार्वजनिक गरिएको हो। उत्कृष्ट १० मध्यलाइ जुलाई ९ तारिक दिउसो २ बजे बाट जूम मार्फत प्रतियोगिता गराइने छ भने सोहि दिन उत्कृष्ट ३ छनोट गरिने छ र उत्कृष्ट ३ मा पर्न सफलको अन्तिम प्रतियोगिता जुलाई २३ गते नेपाल फेस्टिभल को अवसर पारि टोकियो नकानो सिकिनो मोरी पार्कमा हुने छ। प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय हुनेलाई क्रमश ३ वर्ष , २ वर्ष र १ वर्ष IHNO छत्रवृति प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ भने प्रतियोगीहरुलाई यातायात खर्च वापत ३ मान येन सम्म प्रदान गरिने संस्थाका अध्यक्ष अजय रानाले जानकारी दिए। कार्यक्रम IHNO जापानको सहकार्यमा आयोजना गरिएको छ भने मुक्य प्रायोजक NRNA जापान रहेको छ।
जापानमा रहेका नेपाली बिद्यार्थीहरुको अन्तर्निहित प्रतिभालाइ प्रस्पोटान गराउने लक्ष्यका साथ नेसाजले बिगतका वर्ष देखि नै विभिन्न प्रतियोगिता आयोजना गर्दै आइरहेको छ। र कार्यक्रम सकिए लगत्तै नया नेतृत्व छनोट गर्नक निमित्त अधिवेशन गर्ने महासचिव संजय कार्कीले बताए।
कार्यक्रम नेसाज को अधिकारिक पेज र जापान का न्युज पोर्टल साइत हरुबाट प्रत्यक्ष प्रसारण गरिने छ।
https://www.facebook.com/nesaj1997

Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *